बन्द गरिएका चीनतर्फकाे नाका सञ्चालनमा

84

काठमाडौं –  चीनमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बन्द गरिएका चीनतर्फ नाका सञ्चालनमा आएका छन् ।

चीनतर्फका तातोपानी भन्सार नाका र रसुवा भन्सार नाका बुधबार साँझदेखि सञ्चालनमा आएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

तातोपानी नाका खुलेकै दिनदेखि स्वास्थ्य सामग्री पनि भित्रिएका छन् । तातोपानी नाका गत माघ १३ देखि बन्द थियो । अब यी नाकाबाट सामान आउन सक्नेछन् ।

पहिलो प्राथमिकतामा स्वास्थ्य सामग्री रहने दाहालले जनाए । अत्यावश्यक सामग्री ल्याउन लागि मात्रै यी नाका खोलिएको  जनाइएकाे छ ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here