डडेलधुरा/ १९ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको डडेलधुराका इकाइले आज शान्तिपूर्ण रयाली निकालेको छ ।
विद्यार्थी परिषद्ले रयाली मार्फत वर्तमान परिवेशमा मुलुकमा बढदै गइरहेको महिला माथि हुने गरेको हिंसाको अन्त्यको माग गरेको छ ।
डडेलधुराको तुफान डाडा बाट सुरु भएको रयाली बागबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले नारीको सम्मान र सुरक्षा देशको रक्षा भन्ने नारालाई जोड दिएका थिए ।

साथै विद्यार्थी परिषदले हालै कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार गरि हत्या गरेको भन्दै त्यसको विरोध तथा पिडितलाई न्याय र दोषीलाई यथाशीघ्र कारबाहीका माग राख्दै विरोध रयाली निकालेका थिए ।
यस्तो प्रकारको घृणित कार्यले मुलुकभरकै नारी सुरक्षामाथि प्रश्न चिन्ह खडा भएको विद्यार्थी परिषदले औंल्याएको छ । बलात्कारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकाय समक्ष विद्यार्थी परिषदले माग गरेको छ ।जसमा तत्काल महिला हिंसा कम गर्न सरकारले कदम उठाउनु पर्ने र त्यस मा युवा एवम विद्यार्थी परिषदले सदैव साथ रहने प्रतिबद्धता जनाएको छ ।
युवा नेता बलदेब जोशी , प्रदिप भटट , सगिता कैनी , सानू चतौत , चन्द्रशेखर जोशी र करण साउदले मन्तव्य दिएका थिए।


















