राष्ट्रपति हसिनाका बुबा रहमानका हत्यारालाई फाँसी

139

एजेन्सी – बंगलादेशका पहिलो राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका बुबा शेख मुजिबर रहमानका हत्यारालाई फाँसी दिइएको छ।

सन् १९७५ मा भएको सैनिक कुमा रहमानसहित उनका परिवारका अधिकांश सदस्य मारिएका थिए। तत्कालिन आर्मी अफिसर अब्दुल माजेदलाई राजधानी ढाकामा फाँसी दिइएको बंगलादेशी सन्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको चार वर्षपछि रहमानको हत्या भएको थियो। सन् १९९६ मा हसिना प्रधानमन्त्री चुनिएपछि आरोपी माजेद भारततर्फ लागेका थिए।

सन् १९९८ मा माजेदसहितका आर्मी अधिकृतलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सन् २००९ मा सर्वोच्च अदालतले फैसला सदर गरेलगत्तै पाँच जनालाई फाँसी दिइएको थियो। माजेद भने गत महिना मात्र भारतबाट स्वदेश फर्किएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here