थप तीन जनामा कोरोना भाइरसकाे संक्रमण

63

वीरगन्ज-  तीन भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ। आइतबार सामाजिक सञ्जालमार्फत् थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार वीरगन्ज-२, छपकैयास्थित मस्जिदमा शंकास्पदरुपमा रहेका २१ जनाको स्वाव परीक्षण गर्दा तीन जनामा कोरोनाको संक्रमण पुष्ट भएको थियो। तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमशः ३७, ४४ र ५५ वर्ष रहेको उल्लेख छ।

‘पर्साको वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, वीरगन्जमा आइसोलेसनमा राखेर निजहरूको समेत थ्रोट स्वाव किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो,’ मन्त्रालयको फेसबुकमा लेखिएको छ, ‘उक्त परीक्षणमा २१ जनामध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत २९, शनिबार परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजेटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here