अमेरिकामा कोरोनाबाट एकैदिनमा दुई हजारको मृत्यु

105

एजेन्सी – कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा उच्च रहेको अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै पुग्ने निश्चित भइसकेकाे छ । द गार्जियनका अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा दुई हजार जनाको मृत्यु भएको छ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नाघेको छ। त्यहाँ अठार हजार ७६१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म सबैभन्दा धेरै मृत्यु भएको इटलीको संख्या भन्दा मात्र ८८ ले कम हो। इटलीमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अठार हजार ८४९ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या एक लाख एकसठ्ठी हजार ८५२ पुगेको छ।

अमेरिकामा  संक्रमित पाँच लाख तीन हजार ७७ जनामध्ये करीब दश हजार ९१७ जनाको अवस्था चिन्ताजनक छ।  उता स्पेनमा भने संक्रमणको दर नियन्त्रण हुँदै गएको छ। द गार्जियनले जनाए अनुसार स्पेन स्थिरिकरणको चरणमा प्रवेश गरेको छ। त्यहाँ एक लाख सतचालिस हजार ५७७ जनामा संक्रमण देखिएको छ।

वर्ल्ड मिटरका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या सत्र लाख नाघेको छ। जसमध्ये ३ लाख ८२ हजारभन्दा बढी उपचारपछि निको भएका छन्। एक लाख तीन हजार ५१३ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here