कोरोना संक्रमित फेला परेन : देशभर ८२ जना आइसोलेसनमा

60

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको जनाएका छन् । अाज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको जनाएकाे हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको जनाएका हुन् । हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यका  ६७ जना उपत्यकाबाहिर रहेका छन् ।

हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको र त्यो मध्ये ३ हजार ३ सय ९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । बिगत २४ घण्टामा ८ सय ९७ जनाको नमुना संकलन गरिएको पनि मन्त्रालयले जनाएकाे छ ।

देशभभर ८ हजार ८२ जना नागरिकहरु क्वारेन्टाइमा रहेको र उनीहरुको नमुना संकलनको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बसेका सबैको र्यापिड टेष्ट हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी ७७ वटै जिल्लामा ¥यापिड टेस्टका लागि उपकरण र स्वास्थ्यकर्मी पठाइएको र अधिकांश जिल्लामा र्यापिड टेष्ट सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा र्यापिड टेष्टबाट परीक्षण सुरु भइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने । काठमाडौंमा वीर अस्पतालबाट कोरोना परीक्षण सुरु भइसकेको र आइतबारबाट टेकु अस्पतालमा पनि परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here