नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतभन्दा कम रहने

184

काठममाडाैं – विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतभन्दा माथि नपुग्ने जनाएककाे छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण सन् २०२० कारण नेपालका आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतबीच रहने जनाएकाे हाे  ।

आइतबार विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकस’मा सार्वजनिक गरेको विवरणअनुसार कोरोना संकट र त्यसपछि लगाइएको लकडाउनका कारण आगामी दिनमा अझ बिग्रिने प्रक्षेपण गरेको छ।

विश्व बैंकले ६ महिनाअघि मात्र नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। विवरणअनुसार सन् २०२१ मा आर्थिक वृद्धिदर १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण समेत गरेको छ। त्यसपछिको वर्षमा भने केही सुधार भएर सन् २०२२ मा २.७ देखि ३.६ प्रतिशतको बीचमा रहने उसको प्रक्षेपण छ।

नेपालको जनसंख्या वृद्धिदर १.१ प्रतिशत मान्दा लगातार दुई आर्थिक वर्षमा प्रतिव्यक्ति आयमा कमी आउने बैंकले जनाएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संकटका कारण नेपालमा भित्रने रेमिट्यान्समा हुने कमी, व्यापार र पर्यटनमा पर्ने असर र समग्र आर्थिक क्षेत्रमा आउने समस्याका कारण नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतभन्दा तल नै रहने विश्व बैंकको अनुमान छ। उसले कोरोना संकट र लकडाउनका कारण औद्योगिक क्षेत्रको उत्पादनमा व्यापकट कटौती हुन अनुमान छ।

‘कोभिड–१९ महामारीले नेपालको कसरी प्रभाव पार्छ भनेर नजिकबाट हेरिरहेका छौं’, नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हाडाड्जेर्भोसले भनेका छन्, ‘हामीले नेपाल सरकार, निजी क्षेत्र र अन्र्तर्राष्ट्रिय विकास साझेदारसँग सहकार्य गरेर तत्कालको लागि चाहिने स्वास्थ्य सामाग्रीको आपूर्तिका उपलब्धता र गरिब तथा संवेदनशित व्यक्तीको लागि राहतको प्याकेजमा काम गरिरहेका छौं।’

आर्थिक गतिविधिमा गतिरोध, व्यापार ठप्प र आर्थिक क्षेत्र र बैंकिङ क्षेत्रमा देखिएको संकटका कारण दक्षिण एसियाका आठ मुलुकको आर्थिक वृद्धिदरमा उल्लेख्य कमी आउने ‘साउथ एसिया इकोनोमिक फोकस’ले जनाएको छ।

उसले दक्षिण एसिया क्षेत्रमा पछिल्लो ४० वर्ष कै सबैभन्दा कमजोर आर्थिक प्रगति हुने जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here