काठमाडाैंमा एकै परिवारका तीन जनामा काेराेना संक्रमण

199

काठमाडाैं –  काठमाडाैंको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये २ जना १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । अहिले उनीहरु बस्दै आएको अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ।

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै जनाइसकेका छन् । आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो । अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि बेलायतबाट आएकामध्ये दुई जनाको रयापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो ।

सोसाइटिको सचिवमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएको सोसाइटिका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न झाले सुझाब दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here