कोरोनाको डरले नेपालीले मुम्बईमा गरे आत्महत्या

130

एक जना ४० वर्षीय नेपालीले भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणको डरले आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

स्थाीय प्रहरीलाई मृतकका भाइले उनलाई रुघा लाग्नुका साथै ज्वरो पनि आएको जानकारी दिएको मुम्बई मिररले आफ्नो अनलाइन संस्करणमा लेखेको छ। हात्महत्या गर्ने व्यक्ति एक ट्राभल एण्ड टुर्स कम्पनीमा कार्यरत थिए।

मुम्बई मिररका अनुसार आइतबार विहान ६ बजे भाइ आफूले चलाउने गाडी सफा गर्न गएका थिए। उनी ८ बजेतिर कोठामा फर्केका थिए। ढोका ढकढक गर्दा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि भाइले ढोकोको प्वालबाट भित्र हेर्दा दाई डोरीमा झुण्डिरहेका थिए। त्यसपछि भाइले तत्कालै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा आएपछि ढोका खोलिएको थियो। घटना हुनु दुई-तीन दिन अघिदेखि दाइ रुघा र ज्वरोबाट ग्रस्त बनेको भाइले प्रहरीलाई बताएका थिए। दाइले आफूलाई कोरोना भाइरस संक्रमण भएको शंका व्यक्त गरेको भाइले प्रहरीलाई बताएका थिए। तर, दाइ स्वास्थ्य परीक्षण गर्न अस्पतालमा नगएको उनले जनाएका छन्।

प्रहरीले घटनास्थल वरपर सुसाइड नोटको खोजी गरेपनि नभेटिएको मुम्बई मिररले उल्लेख गरेको छ। ‘यस्तो कदम उठाउनु पर्ने उनलाई (पीडित) कुनै कारण छैन। कोरोना भाइरस संक्रमणको डरले मात्र उनी अत्तालिएका थिए। उनी आफैँ आफूलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने बताउँदै थिए,’ पीडितका एक आफन्तलाई उद्धृत गर्दै मुम्बई मिररले लेखेको छ।

आत्महत्या गर्ने नेपालीको पोष्टमार्टम रिपोर्ट आइसकेको छ। सियोन अस्पतालका प्रमुख डा. राजेश डेरीेले मृत्युको कारण ‘झुण्डिनु’ रहेको मुम्बई मिररलाई जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here