काठमाडौंका सबै तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

155

काठमाडौं  –  सरकारले कोरोना भाइरसको संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।
मन्त्री मानन्धरले उपत्यकाका क्वारेन्टाइनको स्थलगत अनुगमनपछि तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नुपर्ने सुझाव पेस गर्न लागिएको आजको राजधानी दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here