काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।
कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी कोरोना संक्रमित युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई शनिबार ट्वीट गर्दै उनले बधाई तथा धन्यवाद दिएका हुन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती शनिबार घर फर्किएकी हुन्।


















