खेदजनक अध्यादेश काङ्ग्रेसद्वारा तत्काल फिर्ता लिन माग

68
काठमाडौं  –  सोम्बार जारी गरिएका  अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली काङ्ग्रेसले तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आएको भन्दै सरकारसँग अध्यादेश फिर्ता लिन माग गरेको हो ।
विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।
सङ्कटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ ।
लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताउनुभयो ।
जनताहरु घरभित्रै कष्टकर जीवन बिताइरहेको उल्लेख उहाँले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएका फिर्ता लिनुपर्ने बताउनुभयो ।
नागरिकको जीवनप्रति गम्भीर हुँदै सबै विषय थाँती राखेर कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने अभियानमा लाग्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here