यस अभियान अन्तर्गत घरमै बसेर तोकिएका नाराहरू प्लेकार्डमा लेखी त्यसको फोटोहरू सामाजिक संजालमा मार्फत अभियान गरिने छ। फलस्वरूप आज, तस्वीर आन्दोलन गरिएको छ।
उक्त अभियानमा विवेकशील नेपालीले आज ४ बजेदेखि अध्यादेशको विरोध गर्दै घरकै कौसी, आँगन अनि झ्यालबाट विभिन्न नाराहरु लेखेर ‘प्ले कार्ड’ बनाएर विरोध गर्न आवहान गरेको थियो। उक्त कार्यक्रममा सहभागी हुँदै सयौं नागरिकले सरकारको यो कदमको विरोध गरेका छन्। केहि प्रतिनिधि तस्वीरहरु यहाँ प्रकाशित गरिएको छ।
विवेकशील नेपालीले भाेलि पनि विभिन्न कार्यक्रमको आवहान गर्ने छ। साथै, आवश्यक परे सामाजिक दुरी कायम राख्दै सडक अभियान गर्ने समेत जनाएको छ।


















