काठमाडौं – प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
अाज बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म भएको छलफल हो । यी दुईबाट अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाइ लैजाने ल्याइएको उनीहरुको निकर्ष छ ।
अकडाउनपछि सरकार विरुद्ध आन्दोलनको आधिबेरी ल्याउने उनेको भनाई छ । यादवका अनुसार बैठकमा तत्काल संसद अधिवेशन आवह्नको माग गरिएको छ । बैठकले सरकारका जनविरोधी कदमविरुद्ध केही फेरि विपक्षी दलहरुबीच बैठक बोलाउए र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ ।
नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै बैठकले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ । छलफलमा काँग्रेसका शीर्ष नेतासहित समाजवादीबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र राप्रपाबाट पशुपतिशम्शेर राणा छलफलमा सहभागिता थियो ।
















