एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबिच रेमिटेन्स सम्झौता

111

काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here