मनाेज छितिज बाेहरा ‘उदास’
हाल: नयाँ बानेश्वर
राजा हराए राणा हराए लोकतन्त्रको नाममा
आज फेरि जनता कराए लोकतन्त्रको नाममा
गाँउमा जन्मे मेरा नेता चुहिने घरको गरिबीमा
सिँहदरबार बाँस सराए लोकतन्त्रको नाममा
चुहिने घरको छानो हिजो छाउन नसक्नेले
राजधानीमै घर ठडाए लोकतन्त्रको नाममा
जनताको सुरक्षालाई पिउने पानी, सुत्ने घरमा
क्या मज्जाले कर लगाए लोकतन्त्रको नाममा
भष्ट्राचारको बिरूद्वमा बोल्नेहरू माथी
निरंकुशका डण्डा ठटाए लोकतन्त्रको नाममा
















