बिल गेट्सले कोरोनाविरुद्धको भ्याक्सिन विकासमा लगानी गर्ने

81
सम्बन्धित निकायबाट प्रमाणीकरण हुनुअघिका प्रक्रियाका लागि पनि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले कोरोना भाइरसलाई आफ्नो जीवनको ‘डरलाग्दो सपना’सँग तुलना गरेका छन्।

अन्तर्वार्ताका क्रममा उनले भने‚ ‘कोरोना नियन्त्रणका लागि करोडौंको संख्यामा भ्याक्सिन विकास गर्नका लागि चाहिने फ्याक्ट्रीको निर्माण गर्नुपर्ने हुन्छ‚ ताकी विश्वभरी नै भ्याक्सिन उपलब्ध गराउन सकियोस्।’ भ्याक्सिनको विकासका लागि काम गरिरहेको अक्सफोर्ड युनिभर्सिटीको मातहतमा रहेको एक फर्मास्युटिकल कम्पनीसँग कुरा भइरहेको समेत उनले बताए। कम्पनीद्वारा विकसित भ्याक्सिन मानव परीक्षणको चरणमा प्रवेश गरिसकेको छ।

‘उनीहरू छिट्टै नै उक्त भ्याक्सिन मानिसमा परीक्षण गर्दैछन्। यदि सो परीक्षणको नतिजा राम्रो आयो भने हामी र अन्य दातृ निकायहरूले सो भ्याक्सिन विश्वभर पर्याप्त मात्रामा उपलब्ध हुन सक्ने गरी सक्दो सहयोग गर्नेछौं,’ उनले भनेका छन्।

उनको परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेटस् ‍फाउन्डेशनले विश्व स्वास्थ्य संगठनलाई लगातार सहयोग गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here