जनता समाजवादीको दर्ता रोक्न आयोगमा युवा संघको उजुरी

320

 

सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपा दल दर्ताको निवेदन स्वीकार नगर्न उजुरी दिएका हुन् ।  दल दर्ताका लागि दिएको निवेदनमा नेपाल बहुराष्ट्रिय राज्य कामय गर्ने भनेको र सो कुरा मुलुकको संविधान तथा राष्ट्रिय अखण्डताको विपरित रहेकाले निवेदनमा उल्लेखमा छ ।

संविधानको मर्म र भावना विपरीत छुट्दै देशको अर्थ झल्किने गरि दल दर्ताको प्रस्ताव गरिएकोले संविधानको धारा २६९ विपरीत रहेको सो दल दर्ता प्रक्रिया रोक्न निवेदनमा माग गरिएको छ ।  त्यस्तै प्रस्तावित दल जसपाले प्रस्ताव गरेको झण्डा अफ्रिकी मुलुक बुर्किना फासोको राष्ट्रिय झण्डासँग मेल खाएकाले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत भएकाले त्यस आधारमा समेत दल दर्ता रोक्न माग गरिएको छ ।

युवासंघका केन्द्रीय सदस्य अमित लामा र अधिवक्ता विपिन ढकालको उजुरी दर्ता गर्ने क्रममा संघका केन्द्रीय सहसंयोजक रमेश पौडेल पनि निर्वाचन आयोगमा पुगेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीको निर्देशनमा समाजवादी पार्टी फुटाउनका लागि अध्यादेश ल्याएर ८ जना सांसद जुटाउने अभियान अघि बढाइएको थियो । सो अभियान असफल भएपछि राजपा र समाजवादी पार्टीवीच एकता भई आयोगमा दल दर्ताका लागि निवदेन परेको थियो ।

पार्टी पुटाउने सरकारी अभियान असफल भएपछि सत्तारुढ युवा संघका नेताहरु यस्तो उजसरी लिएर आयोगमा पुगेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here