कोभिड १९ का कारण मुम्बईमा ५५ वर्षमाथिका प्रहरी घरमै बस्नु पर्ने

329

एजेन्सी– भारतीय सहर मुम्बईमा ५५ वर्ष माथिका प्रहरी अधिकारीहरु तथा जवानलाई घरमै बस्न भनिएको छ । यसअघि ३ प्रहरी अधिकारीको कोभिड १९ का कारण निधन भएपछि यो नियम ल्याइएको हो ।

अधिकारीहरुले ५५ वर्षका प्रहरीहरुलाई लकडाउन सकिने बेलासम्म घरमा नै बस्न भनेका हुन् ।

सोमबार मुम्बईमा ५६ वर्षका एक प्रहरी अधिकारीको कोभिड १९ को उपचार गर्दागर्दै निधन भएको थियो ।

भारतमा मुम्बईमा नै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । अहिले त्यहाँ ८ हजार ५सयभन्दा बढी संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here