कोरोना भाइरसको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार

209

– राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक)

कोरोना भाइरसको भयले आत्मबल कमजोर नबनाउन र धैर्य धारण गर्न सबैमा विनम्र अनुरोध गर्दछु।
कोरोना भाइरसको महामारी भएको बेला मैले यस्तो कुरा गर्नु हुँदैन भन्ने मलाई थाहा छ तर कोरोना भाइरस को नाममा पनि राज्यकोष ढुकुटी दुरुपयोग भएको अवस्था छ।म सेना भएको भए यसरी टुलुटुलु हेरेर आजसम्म बस्ने थिएन।अन्तर्राष्ट्रिय स्तरमा कसलाई के के जवाब दिनुपर्ने हो उत्तर म सँग छ।द्वन्द्वकालमा सत्र हजार निर्दोष नागरिकहरुको हत्या भएको छ।यस्तै राज्यकोष ढुकुटीबाट पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार, नेपाल टेलिकमको फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार, बालुवाटारको जग्गा बेचबिखन र सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार भएको छ।यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन।नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग गरे।नागरिकहरुलाई कोरोना भाइरसको दशा लागेको छ।तर नेता र मन्त्रीलाई चाडपर्व आए जस्तो र लुटन सके लुट कान्छा लुटन सके लुट जस्तो भएको छ।अब कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको घोटाला भ्रष्टाचार गरेको समाचारहरु आइरहेको छ।कोरोना भाइरस भन्दा पनि खतरा हाम्रो लागि हाम्रो मुलुकका केही भ्रष्ट नेताहरू र मन्त्रीहरु खतरनाक भाइरस हुन।यसकारण तत्काल सेनाहरुले मुलुकमा सैनिक शासन लागु गर्नुपर्ने अवस्था आएको छ र घोटाला गर्नेहरुलाई शीघ्र कार्वाही गरिनुपर्छ।
जनपथ प्रहरीहरु ,सशस्त्र प्रहरीहरु, सेनाहरु र डाक्टरहरु लाकडाउनको समयमा पनि आपनो ज्यानको बाजी लगाई दिन रात खटिएका छन।कोरोना भाइरसको महामारीको बेलामा पनि भ्रष्ट मन्त्रीहरूले कमिसन खान छोडेनन।
रोग लाग्नु वा रोगले आक्रमण गर्नु भनेको कुनै पनि राम्रो होइन।जुनसुकै रोग लागे पनि सतर्कता अपनाउनु नै पर्छ।अब मानिसहरु कालगति वा अन्य रोग लागेर मरे पनि कोरोना भाइरसले नै मृत्यु भयो भन्ने बुझाई शुरूवात भएको छ।यसकारण कोरोना भाइरसको बढी प्रचार भए जस्तो छ।वनको बाघले नखाए पनि मनको बाघले खाए जस्तो भएको छ।
कोरोनाको भयले गर्दा घरमा बस्दा बस्दै कतै नागरिकहरुलाई डिप्रेसन हुने त होइन?लोकडाउन अनिश्चितकाल सम्म पनि हुन सक्छ कोरोना भाइरसले भोकमरी लाग्ने त होइन?मुलुकमा आउने भवितव्य र जोखिमहरु यसतर्फ पनि हाम्रो मुलुकको सरकार र विभिन्न संघ संस्थाहरुले तत्काल ध्यान दिन जरुरी छ।
कालोबजारी पनि व्यापक रुपमा बढी रहेको अवस्था पनि छ।यसकारण सरकारले नागरिकहरुको लागी खाद्यान्न र ग्यासको सर्व सुलभ पसलहरु खोली दिनुपर्छ।
कोरोना भाइरस ठुल ठुला मुलुकहरुको बीचको जुँगाको लडाइँ हो जस्तो मलाई लाग्छ? एक मुलुकले अर्को मुलुकलाई सिध्याउन रचेको मानव अस्त्र हो की?यसले सबैभन्दा असर र जोखिम हाम्रो जस्तो मुलुकलाई पार्ने हो।
नेपालमा भुकम्प आएको बेला बाहिरी मुलुकहरूबाट आएको त्रिपालहरु र खाद्यान्नहरु जस्ता जस्तै सहयोगहरु र सरसामानहरुको व्यापक दुरुपयोग भएको थियो।कोरोना भाइरसको नाममा बाहिरी मुलुकहरूबाट आएको सहयोगहरु र सरसामानहरुको दुरुपयोग भयो भने संबंधित मुलुकहरूलाई मैले रिपोर्टिङ गर्ने छु।यसकारण सजग र सतर्क हौं।
-राकेश कुमार शर्मा
– मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर -०२
– मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here