शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुईरेपानीस्थित जंगलमा गाई चराउन गएकी शान्तिनगर गाउँपालिका वडा नं. १५ निवासी एक स्कूले छात्रालाई चौधरीले जवरजस्ती बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको खड्काले जनाए ।
पक्राउ परेका चौधरी बागरखोलामा नहर निर्माणको काम गर्न खटिएका प्राविधिक (इन्जिनियर) हुन्।
बलात्कारपछि फरार भएका चौधरीलाई लुकीछिपी बसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बालापुरबाट गएको प्रहरीे टोलीले चखौरा गाउँवाट नियन्त्रणमा लिएको हो।
पक्राउ पछि अभियुक्त चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याइएको छ। उनीमाथि जबरजस्ती करणीसम्वन्धि कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता खड्काले जनाए ।