लकडाउन जेठ ५ गतेसम्म हुने

100

काठमाडाैं – सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले लागू गरेको लकडाउनको समय भोलि बैशाख २५ गते सकिँदै छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने सुझाव दिएकाले त्यसै अनुसार निर्णय गरिएको हो ।

आजको बैठकमा सरकारले लिएका नीतिले संक्रमण रोकथाममा पारेको अशरका सम्बन्धमा पनि बैठकमा छलफल भैरहेको छ । हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here