काेराेना संक्रमणपछि कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा

257

काठमाडौं – मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट टे«सिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ ।

टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो । प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरृको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए ।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षणसमेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ । अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

शिक्षकद्वारा राहतकोषमा सहयोग

शिवराज नगरभित्रका विद्यालयमा कार्यरत शिक्षकले आफ्नो पारिश्रमिकबाट कट्टा हुने गरी नगर राहत कोषमा रकम उपलब्ध गराएका छन् । विद्यालयमा कार्यरत सबै तह र श्रेणीका शिक्षकको तीनदेखि पाँच दिन बराबरको पारिश्रमिक प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको हो ।

शिक्षकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु आठ लाख ८४ हजार ८७९ सहयोग गरेका छन् । शिक्षकका विभिन्न संघसंगठनका अगुवाले नगरप्रमुख नेत्रराज अधिकारीलाई कोषमा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गिरीप्रसाद गैरेले जानकारी दिए ।

रासस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here