नाइजेरियमा भर्चुअलबाटै सुनाइयो फाँसीको सजाय

107

एजेन्सी – नाइजेरियामा एक व्यक्तिलाई न्यायाधीशले लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एप जुमको माध्यमबाट मृत्युदण्ड सुनाएका छन्।

गत सोमबार भएको भर्चुअल सुनुवाइमा न्यायाधीशले ओलालेकन हमिद नामक व्यक्तिलाई हत्यामा दोषी घोषित गर्दै फाँसी दिने फैसला सुनाएका हुन्। ती व्यक्तिले सन् २०१८ मा आफ्नी आमालाई रोजगारी दिने व्यक्तिको हत्या गरेका थिए।

न्यायाधीश नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसस्थित एक अदालतमा थिए भने हमिद एक जेलमा। हमिदले आरोप अस्वीकार गर्दै आएका छन्।

मानवअधिकारवादी संस्थाहरुले सो फैसलाको भर्त्सना गरेका छन्। उनीहरुले हतारमा फाँसीको सजाय सुनाइएको अराोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here