नेता भट्टराईले मागे प्रम केपी ओलीको राजीनामा

249

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा नै राम्रो हुने भन्दै त्यसतर्फ सोच्न ओलीलाई सुझाएका छन् । आजबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । यद्धपी उनले अब पूर्व प्रधानमन्त्रीहरु कोही पनि प्रधानमन्त्रीकोलागि आकांक्षी बन्न नहुने भन्दै अब राजनीतिमा पुस्ता पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुजस्ता ६५ वर्ष कटेका नेताहरु अभिभावकीय भूमिका रहनुपर्ने तर्क गरेका छन् ।

उनले भने,”यो व्यवस्था फेल हुँदा हामी सबै फेल हुन्छौं । लोकतन्त्र खत्तम हुँदा हामी सबै खत्तम हुन्छौं । हाम्रो जीवनभरिको यत्रो त्याग र बलिदान छ, त्यो खर जान्छ । त्यसैले हामीले आरोप्रत्यारोप भन्दापनि आत्मसमिक्षा गरौं । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, उहाँले यदि साँच्चै नै आत्मनिरीक्षण र आत्माआलोचनाको प्रक्रिया सुरु गर्नुभएको हो भने उहाँले जुन गम्भिर गल्ती कमजोरी, एक हदसम्म उहाँको संलग्नता वा उहाँको निकटतमा गम्भिर लोकतन्त्रविरोधी गतिविधि र हर्कत भएको छ । कानूनविरोधी गतिविधि भएको छ । त्यसलाई एउटा तार्किक निश्कर्षमा पुर्याउनैपर्छ । त्यसलाई कुनैपनि प्रकारणले संरक्षण दिनु चाहीँ हुँदैन्। कानूनी तरिकाले हारजित गर्नपनि सकिन्छ । आश र त्रास देखाएर संस्थाहरुलाई प्रभावमा पारेर यताको कुरा उता पनि र्पान सकिन्छ । तर, राजनीतिमा नैतिकता भन्ने कुरा धेरै ठूलो कुरो हुन्छ । त्यसैले प्रधानमन्त्रीज्यूको जुन खालको उचाई हाँसिल गर्नुभएको छ, उहाँसँग मेरो विनम्र आग्रह छ, हामीले सत्तमा कति समय बस्यौं भन्ने आधारमा मान्छेले मुल्यांकन गर्दैन् । यो देशमा धेरै, ३८ जना प्रधानमन्त्री भैसके । कसलाई सम्झना गर्छ ? मान्छेले ? विपी कोइराला एकाध मान्छेलाई सम्झना गर्छ । अरु धेरैको त नाम पनि आउँदैन् । म पनि प्रधानमन्त्री भईटोपलेको मान्छे हुँ । कुर्सीमा बस्नु ठूलो कुरो होइन । महात्मा गान्धी कहिल्यै कुर्सीमा बसेनन् । तर, उनलाई मान्छेलाई जहिल्यै पनि सम्झिन्छन् ।”

भट्टराईले भने,अनावश्यक गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रोगले जीर्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ, त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here