कोरोना भाइरस र अमेरिकी साम्राज्यवाद

104
– हुकुम सिंह

उता चीनसँग चिढिने र अमेरिकासँग लहसिने विश्लेषक र पत्रकारहरूले कार्टुनिष्टहरू प्रयोग गरी महानिर्देशक ट्रेडोस चिनियाँ कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको संप्रेषण गरेका छन । फेब्रअरी ४ मै हङकङका ३१ वर्र्षीय युरीक चोले सार्वजनिक गरेको स्केच फोटोलाई अहिले अमेरिकी पक्षधरले फैलाएका छन । फोटो अफ द डे, फोटो अफ द विक, फोटो अफ द मन्थ भन्दै डा ट्रेडोसले आँखामा सिपीसीको झण्डावाला पट्टी लगाएको र त्यसमाथि सर्जिकल चश्मा लगाएर बोलिरहेको फोटो निकै प्रचारमा ल्याइएको छ । ‘चीनले गरेको प्रयास र पादर्शिताबारे सहि बोलेको’ कारण ट्रम्प उत्तजेति भएको विश्लेषण पनि यतिबेला गरिएको छ । ताइवान न्युजले हङकङको स्केचलाई प्रचार गरेर सुरु गराइएको यो कच्चि खेलले अमेरिकालाई नै घाटा पुग्ने विश्लेषण पनि भइरहेका छन । घमण्ड र उसको मनोवल गिराउन जे पनि बोल्ने ट्रम्पलाई विश्व मानव समुदायले राम्रो मानेका छैनन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाभाइरस फैलिएपछि विश्व स्वास्थ संगठनले सूचना लुकाउन खोजेको र संक्रमण व्यवस्थापनका लागि राम्रो भूमिका खेल्न नसकेको आरोप लगाएका छन ।

ट्रम्पका अनुसार गत डिसेम्बरमै मानिसबाट मानिसमा सर्नसक्छ भन्ने शंका गर्नका लागि पर्याप्त जानकारी थियो, ताइवानले डब्लूएचओलाई पठाएको भनिएको चेतावनीको हवाला दिँदै उनले यस्तो दाबी गरे ।

पहिलोपटक भाइरस देखिनासाथ ताइवानी वैज्ञानिकले बुहान भ्रमण गरेका थिए । तर प्रकाशित तथ्यले देखाएअनुसार ताइवानले डब्लूएचओलाई गराएको जानकारीमा मानिसबाट मानिसमा सर्नसक्ने विषय उल्लेख छैन ।

ताइवान डब्लूएचओको सदस्य छैन किनकी यसको भूभागलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन । डब्लूएचओका अनुसार उसले डब्लूएचओका स्वास्थविद्हरूसँग सबै जानकारी भने बाँडिरहेको छ । तर, गत महिना महामारीबारे ताइवानको प्रतिक्रियामा बहस गर्न एक वरिष्ठ अधिकारीले अस्वीकार गरे, त्यसपछि डब्लूएचओमाथि चीनबाट प्रभावित भएको आरोप लाग्यो ।

तर, ट्रम्पको आरोपलाई उनले अमेरिकाको पूर्व तयारी कम हुँदा खेप्नुपरेका दोषबाट जनताको ध्यान मोड्न गरिएको प्रयास भन्न चाहे । डब्लूएचओले ट्रम्पलाई प्रतिक्रिया दिँदै आफ्ना कदमको समीक्षा गर्ने जनाएको छ, तर उसले आफ्नो निर्देशिकाले मानिसमा संक्रमण सीमित गर्ने मनसाय राखेको पनि उल्लेख गरेको छ । भाइरसबारे चीनले सुरुवातमा देखाएको प्रतिक्रियाको प्रशंसा गरेको भन्दै डब्लूएचओको आलोचना भइरहेको छ । तर, ट्रम्प आफैले २४ जनवरीमा ट्वीटमार्फत चीनको प्रशंसा गरेका थिए ।

यद्यपी, चिनियाँ अधिकारीले सुरुवातमा बुहानमा महामारीलाई ढाकछेप गर्ने प्रयास गरेका थिए र उठेका सरोकारहरूलाई मत्थर गर्न खोजेका थिए । डब्लूएचओले भ्रमण प्रतिबन्ध जरुरी नरहेको गलत सल्लाह दिएको र चीन र अन्य देशबाट आउनेमाथि अमेरिकाले प्रतिबन्ध लगाउन उनीहरूका पक्षमा लडेको ट्रम्पको आरोप छ । तर डब्लूएचओले प्रत्यक्ष रूपमा कहिल्यै अमेरिकाको यो कदमको विरोध गरेको छैन र सीमा वा भ्रमणमा कडाई गर्ने काम राष्ट्रिय सरकारको हो ।  [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here