सिटिजन्स बैंकले ग्राहकलाई सेवामा छुट दियाे

99

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाहरुका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकहरूले वीरगन्जको आदर्सनगरमा अवस्थित औरा इलेभेनका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । यसैगरी सप्तरीको कन्चनरुपमा अवस्थित एम डी हेल्थ केयर हस्पिटलका सेवाहरूमा अधिकतम १० प्रतिशत सम्म छुट पाउने छन् । यसैगरी सप्तरीकै बोदेबर्साइनस्थित बोदेबर्साइन लाइफ केयर पोली क्लिनिकका सेवाहरूमा अधिकतम १७ प्रतिशत सम्म छुट पाउने छन् भने कावासोती, नवलपुरको कालीगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरूमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here