एजेन्सी – फिफाले यो वर्षको फिफा द वेस्ट अवार्ड रद्द गरेको छ।
कोरोना भाइरसका कारण उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदान गर्ने अवार्ड यो वर्ष नगर्ने फिफाले निर्णय गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ।
यो वर्षको अवार्ड आगामी सेप्टेम्बरमा इटालीको मिलानमा हुने तय थियो। तर फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले कोरोनाका कारण फुटबलका इभेन्टहरु रद्द गर्ने यसअघि नै स्पष्ट पारेका थिए।
गत सिजनको अवार्ड बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले जितेका थिए।
यसअघि फिफाले यु-२० र यु-१७ महिला विश्वकप सन् २०२१ सम्मका लागि स्थगित गरेको थियो।


















