पछिल्लो २४ घण्टामा दुई हजार ९५७ जना कोरोनामुक्त

69

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७८६ आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ३१ वटा एन्टीजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५।८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ९५७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २२ हजार ३२३ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here