‘रोग र भाेकबाट बच्न बलियो स्थानीय सरकार’

75

काठमाडाैं –  २६ वैशाखबाट शुरु भएको संघीय संसदमा अर्थतन्त्री युवराज खतिवडाले पेश गरेको बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धी विधेयकमाथि सांसदहरुले विभिन्न सुझाव दिएका छन् । दुवै सदनमा चलेको छलफलमा सांसदहरुले कोभिड–१९ महामारीको असरबाट जनता र अर्थतन्त्र जोगाउनेगरी बजेट आउनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रियसभा सदस्य डा.वेदूराम भुसालले महामारीको सन्त्रास बीच आउने बजेट मुलतः चार विषयमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् । रोग, भोक, रोजगारी र अर्थतन्त्र बचाउन स्थानीय सरकारलाई बलियो बनाउनेगरी बजेट आउनुपर्ने बताएका छन् ।

भुसालले दिएको सुझावको सम्पादित अंशः

बजेट चार वटा कुरामा केन्द्रीत हुनुपर्छ । पहिलो, रोगबाट बचाउने, दोस्रो भोकबाट बचाउने, तेस्रो रोजगारी पैदा गर्ने र चौथो अर्थतन्त्र बचाएर आत्मनिर्भर हुने हो ।

जनताबाट रोग र भोगबाट बचाउन स्थानीय तहलाई सवल बनाउन जरुरी छ । कोरोना संक्रमणका बेला सवभन्दा धेरै काम स्थानीय तहले गरेका छन् भन्ने कुरा भुल्न हुन्न । तिनीहरुले गरेको कामको उच्च मूल्याङ्कन गर्नुपर्छ । यद्यपी, यही सदनमा सुन्नु प-यो । सरकारले केही काम गरेको छैन । सवै काम भगवान भरोसी भएको छ र सरकार परपीडनको काम गरेको छ भन्ने पनि सुन्नु परेको छ ।

मलाई दुख लागेको छ । यसखाले अभिव्यक्तिहरुले नै परपीडन गरिरहेको छ । किनभने, हामीलाई थाहा छ, मुलुकमा पहिलो कोरोना संक्रमित देखिदाखेरी हङकङमा परीक्षण गर्नुपरेको थियो भने अहिले मुलुकका १९ स्थानमा कोभिड–१९ को परीक्षणको भइरहेको छ ।

हजारौं क्वारेन्टिनहरु बनिरहेका छन् । त्यहाँ, १५ हजार बढी मानिस छन् । उनीहरुको सेवा स्थानीय सरकारहरुले गरिरहेका छन्। यो काम प्रति उपेक्षा र अवमूल्यन गर्ने अभिव्यक्ति दिन्छौं भने जनप्रतिनिधिहरुको अन्याय हुन्छ । जसले हामीलाई छानेर यहाँ पठाएका हुन् । अहिले जनतालाई रोग र भोकबाट बचाउन स्थानीय तहहरुमा बजेट केन्द्रीत हुनुपर्छ ।

रोग, भोक, रोजगारी र अर्थतन्त्र बचाउन स्थानीय सरकारलाई बलियो बनाउनेगरी बजेट

अर्थतन्त्रलाई बचाउन र आत्मनिर्भर बन्नका निम्ति कृषि र पशुपन्छी तर्फ केन्द्रीत हुनुपर्छ । यो पुस्तिका (बजेटको सिद्धान्त र प्राथमिकता) मा पशुपन्छीबारे कही पनि उल्लेख भएको पाइएन । कृषि सँगसँगै पशुपन्छी पालन हाम्रो अर्थतन्त्रको बलियो आधार हुन सक्छ । त्यस तर्फ ध्यान पुगेको छैन ।

रोजगारी सिजर्ना गर्न, अर्थतन्त्रलाई बचाउन र बलियो बनाउन कम लगानीमा छिटो उपलब्धी दिने कृषि र पशुपन्छी जतिको बलियो आधार अवको केही समय अरु हुने छैन । किनभने, पर्यटन क्षेत्र यो वर्ष मात्रै नभएर आउँदा केही वर्षसम्म सहयोग पु¥याउन सक्ने देखिदैन ।

त्यसो भएकाले रोजगारी सिर्जना गरी अर्थतन्त्र बलियो बनाउन कृषि र पशुपालनमा अबको बजेट केन्द्रीत हुनुपर्छ । त्यसका निम्ति कृषि बजारको व्यवस्थापन पनि गर्नुपर्छ । दुखका साथ भन्नुपर्छ– हामीले गाउँगाउँमा उत्पादन भएका तरकारीहरु सडेर गइरहेको छ । खासगरी भारतबाट आएको तरकारी खानु परेको छ ।

यस्तो अवस्था अन्त्य गर्नका निम्ति कृषि उत्पादन र बजारमा जोड दिनुपर्छ । त्यता तर्फ हाम्रो बजेट केन्द्रीत हुनुपर्छ ।

रोजगारी सिर्जना गरी अर्थतन्त्र बलियो बनाउन कृषि र पशुपालनमा अबको बजेट केन्द्रीत हुनुपर्छ । त्यसका निम्ति कृषि बजारको व्यवस्थापन पनि गर्नुपर्छ । दुखका साथ भन्नुपर्छ– हामीले गाउँगाउँमा उत्पादन भएका तरकारीहरु सडेर गइरहेको छ । खासगरी भारतबाट आएको तरकारी खानु परेको छ ।

आगामी बजेट मार्फत कृषि क्रान्ति गरिने भनिएको छ । यदि, कृषि क्रान्ति गर्ने हो भने सम्पूर्ण तराईमा सिंचाईको व्यवस्था हुनुपर्छ । त्यसका निम्ति तराईको भेगबाट पूर्वपश्चिम नहरको निर्माण गरिनुपर्छ । र, सातै प्रदेशमा ठूला कृषि फर्महरु खोलिनुपर्छ ।

साथसाथै, स्वास्थ्य क्षेत्रको सुधार गर्न वन औषधि उद्योगहरु खोलिनुपर्छ । हाम्रा आयुर्वेद क्षेत्रका विज्ञहरुले भनिरहेका छन्, हाम्रा वनौषधिहरुमा कोरोना जस्ता भाइरस प्रतिरोध गर्ने क्षमता छ । त्यसको उपयोग गर्न सकिन्छ । यस तर्फ बजेट केन्द्रीत हुनुपर्छ ।

र, पर्यावरणको संरक्षण गर्ने तर्फ बजेट केन्द्रीत हुनुपर्छ । सरकारले पर्यावरणलाई प्राथमिकता दिएको पाइदैन ।

हिमालखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here