एकै दिन राप्ती गाउँपालिकामा भारतबाट अाएका ३० जना क्वारेन्टानमा भर्ना

163

दाङ्ग – एकै दिन भारतको विभिन्न ठाउँबाट राप्ती गाउँपालिकामा अाएका ३० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । जस अनुसार सर्वोदय मावि सिसहनियाँमा भारतको भिमन्डी र अलिगढबाट कृष्णनगर वोडर सम्म अाएका ६ जनालाई गाउँपालिकाले एम्बुलेन्स मार्फत ल्याएर भर्ना गरेको छ ।

जसमा राप्ती गाउँपालिका वडा नम्बर ६ को ३ जना,वडा नम्बर ९ को २ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ७ को १ जनालाई सामान्य स्वास्थ्य चेकजाँच गरि भर्ना गरिएको छ । भने अादर्श नमुना मावि लालमटियाको क्वारेन्टाइनमा भारतको पनेढीबाट साइकल यात्रा गरि कृष्णनगर नाकाबाट राप्ती गाउँपालिकामा अाएका २४ जनालाई भर्ना गरिएको छ । जसमा वडा नम्बर ९ का १५ जना,वडा नम्बर ५ का १ जना,वडा नम्बर ३ का १ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का ७ जनालाई भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । विभिन्न ठाउँबाट घुलमिल हुँदै राप्ती गाउँपालिकामा अाइपुगेका उनीहरू सवैलाई सामान्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको हो । भर्ना भएका सवै १९ देखि ६२ वर्ष उमेरका पुरूष हुन् । उनीहरूको बुधबार नै पिसिअारका लागि स्वाप संकलन गरिने स्वास्थ्य शाखा प्रमुख राउतले जनाएका   छन् । स्वाप संकलन गरेको २/३ दिन भित्र नेगेटिभ रिपोर्ट अाए सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न सुझाव दिने जनाइएकाे छ ।  ओमप्रकाश गुप्ता भालुवाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here