अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारको बारेमा अनुसन्धान गर्ने

557
काठमाडौं  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्ने अधिकार माग गरेको छ ।

बिहीबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा हाल सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गर्दै आएको अख्तियारले बैंक, मेडिकल कलेज र गैर सरकारी संस्थामा हुने अनियमितता हेर्ने अधिकार पनि आफूलाई दिनुपर्ने जनाएको हो ।

‘निजी क्षेत्रबाट स्थापित बैंकहरु त्यहाँ जनताकै पैसा छ । त्यहाँभित्र सञ्चालकले ऋणका नाममा जनतालाई लिक्विडेसनको तहमा पुर्याउने । त्यस खालका प्रवृत्ति निरुत्साहित हुनुपर्छ,’ प्रमुख आयुक्त नवीन घिमिरेले  भने ।

समितिमा बिहीबार भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक माथिको छलफल थियो ।

छलफलमा प्रमुख आयुक्त घिमिरेले निजी मेडिकल कलेज र गैरसरकारी संस्थामा हुने अनियमितताबारे अध्ययन गर्न सक्ने गरी आयोगको क्षेत्राधिकार तोकिनुपर्ने माग गरे ।

निजि क्षेत्र  र गैरसरकारी संस्थामा हुने अनियमितताबारे अध्ययन गर्न सक्ने गरी आयोगको क्षेत्राधिकार तोकिनुपर्ने माग गरे । ‘संसदमा समेत उठ्ने गरेको छ मेडिकल कलेजमा भएका अनियमितताहरुका विषय, त्यो पनि जनतासँग नै जोडिएको विषय हो’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here