एजेन्सी – दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ ।
एजेन्सी – दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ ।
२५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ ।झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन ।
यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको छेउँमा गएर अडियो भन्ने कुरा इतिहासकै गर्भमा छ।
यो चट्टान बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ । वर्षको तीनपटक उक्त चट्टानमा पुगेर वरदान माग्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । जनविश्वास अनुसार उक्त ढुंगा भगवान बुद्धका रौँमा अडिएको छ रे ।
रोचक त के भने यो विशाल ढुंगालाई पुरुषहरुले हल्लाउन नसक्ने तर महिलाहरुले चाहिँ त्यहाँबाट अर्कै ठाउँमा समेत सार्नसक्छन् भन्ने धार्मिक मान्यता छ । सोही कारण महिलाहरुलाई उक्त ढुंगा छुन बन्देज लगाइएको छ ।