सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी,

110

एजेन्सी/सुडानमा सरकारको विरोध प्रर्दशनका कारण तीन जना नागरिकको मृत्यु भएको छ । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । सरकारले पाउरोटीको मूल्य तेब्बर निहँुमा सुडानको राजधानी खार्तुम करिब एक महिनादेखि विरोध प्रदर्शन जारी राखेको छ ।

खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । ओम्डुम्र्यान सडकमा सरकारको विरोधमा प्रदर्शन गरिरहेका तीन जना प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तर उनीहरु कसरी मारिए भन्ने बारेमा भने प्रष्ट गरिएको छैन । गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्रदर्शनको क्रममा तीन प्रदर्शनकारीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएको जानकारी प्रहरीले प्राप्त गरेको र यस विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा उल्लेख छ । ओम्डुम्र्यान अस्पतालमा बुधबार अबेर राति गोली लागेर घाइते भएका छ जना व्यक्तिको उपचार गरिएको एक चिकित्सकले जानकारी दिएका छन् ।

गोली प्रहारबाट घाइते भएका ती व्यक्तिहरुको उपचार गरिएको जानकारी ती चिकित्सकले दिएका छन् । तर यस बारेको विस्तृत विवरण भने प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यसैगरी चिकित्सकहरुद्धारा प्रकाशित एक विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत भएको बताइएको छ । यस विषयमा सरकारको कुनै भनाई आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here