गजल

240

प्रशान्त डंगाेल
टाेखा, काठमाडाैं

उनको प्रेम प्रस्तावले के के बिगार्यो हेर
कयौं पाना च्याते शब्द तिमी डायरी केर

बनाउन त मलाई साहित्यकार बनाए
तर बिना शिर्षकको हेर गयो जुनि खेर

तिमी त गयो चटक्कै छाेडेर मन एलिसा
अब मनलाई कांडे तारले आफैले घेर

नाम त मेरै जोरेको होला तिम्रो पछि
बिहानै अवतार मौसम अनुसार फेर

धनको पछि अर्थक दगुर्दै छौ अझै पनि
लाज लागे एक तुक्रा तालो छ मेरो लौ बेर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here