काठमाडौं – अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु. ७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो । गोरखापत्रबाट


















