काठमाडौं – बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ ।
बन्दाबन्दीले गर्दा सवारीसाधन चलेका छैनन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही बैङ्कसम्म पुग्न सक्ने अवस्था छैन । पुगिहाले पनि लाइनमा बसेर भत्ता लिन सक्दैनन् । स्थानीय तहका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने व्यवस्था गर्नु पर्ने बताएका छन् । गोरखापत्रबाट


















