पीसीआर परीक्षण १५ हजार शुल्क तोकेकै छैन : स्वाथ्य मन्त्रालय

186
काठमाडौं – कोरोना परीक्षण गर्न पनि शुल्क लिन थालेको भन्दै सरकारको चर्काे आलोचना भइरहेको छ । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमा पीसीआर परीक्षण गर्दा १५ हजार लाग्ने समाचारहरु सार्वजनिक भएपछि सरकारको आलोचना भएको हो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना परीक्षण गर्दा लाग्ने शुल्क नतोकिएको जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हालसम्म कोरोनाको पीसीआर परीक्षणका लागि शुल्क निर्धारण नभएको जानकारी दिए ।
शुल्क तिरेर स्वच्छाले कोरोना परीक्षण गर्न पाउने नीतिगत निर्णय मात्र भएको तर शुल्क निर्धारण भने नभएको मन्त्रालयले जनाएको छ । मंगलबार (हिजो) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेका मापदण्ड पूरा गरेका सार्वजनिक (अस्पताल) स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्दा सशुल्क लिन पाउने नीतिगत निर्णय भएको बताएका थिए ।
सरकारले हाल ट्राभल हिस्ट्री भएका, संक्रमितको सम्पर्क आएका र लक्षण देखिएकाहरूको कोरोना परीक्षण निःशुल्क गर्दै आएको छ । तर “लक्षणविनाका र ट्राभल हिस्ट्री नभएका स्वदेशी र विदेशी नागरिकले स्वेच्छाले शुल्क तिरेर पनि कोरोना परीक्षण गर्न सक्ने उनले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here