काठमाडाैं – आज शनिवार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले आज विहान विज्ञप्ती जारी गर्दै ५४८ संख्या पुगेको जनाउनुभएको छ ।
कपिलवस्तुका ८ जना, रुपन्देहीमा ८ जना, सर्लाहीमा १३ जना, वारा, चितवन र काठमाडौंमा एक एक जना संक्रमित रहेको जनाइएको छ ।


















