धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बोलाएको बैठक पनि स्थगित भएको छ। मंगलबार बिहान ११ बजे बोलाइएको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो।
यसअघि सोमबार पनि बैठक स्थगित भएको थियो। सुरुमा सोमबार बिहान ११ बजे बोलाइएको बैठ स्थगित भएको बैठक अपराह्न ३ बजे बोलाइएको थियो। तर, प्रमुख प्रतिपक्षी दलका सांसदहरु उपस्थित नभएपछि अपराह्नको बैठक पनि स्थगित भएको थियो।
बिहान ११ बजे बोलाइएको बैठक स्थगित भएपछि अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ।
आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रतिपक्षीसहित सत्ता पक्षीय दलका सांसदहरुले समेत विरोध जनाएका छन्। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षका सांसदहरुले बजेट संशोधन गर्न आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावल र मुख्यमन्त्री त्रिलोचन भट्टको प्रतिबद्धता मागेका थिए।
आर्थिक मामिलामन्त्री रावलले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने माग उठेको छ। तर, सरकारले भने बजेट संशोधन हुन नसक्ने जनाउँदै आएको छ।


















