काेभिड १९ संक्रमित ५५ लाख नाघे

119
काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख १८ हजार ९ सय ५ पुगेको छ ।

संक्रमित संख्याको हिसाबमा अमेरिका सबैभन्दा अघि छ । अमेरिकामा हालसम्म १६ लाख ६२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ७४ हजार नाघेको छ । रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ६२ हजार नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here