सहभागीता नम्बर ११ तिला लेकाली

261

 गजल १

म पानी भर्ने तिम्रो पालो बनेर आउँछु
मन्दिर बज्न घण्टी रालो बनेर आउँछु

संसार भो अँध्यारो हरायो भित्रि ज्ञान
बनेर आत्मा ज्ञान उज्यालो बनेर आउँछु

हटेन हिलो मैलो फोहोरका प्रकार
यी सब बगाउन बर्सात् कालो बनेर आउँछु
प्रेमी बनेर आखिर छुरी धसेर जान्छन्
स्वार्थ हटाउन प्रेम जालो बनेर आउँछुलक्ष्मण रेखा नघी कतै गएँ भने म
थप्पड हान्नु तिमीले म गालो बनेर आउँछु

गजल २

तिमी खाऊ हामी मरिदिउँला भोकै
सम्पुर्ण काम गरिदिउँला भोकै
आजिर्न खाउ हामी हेरिरहुँला
दुई आँखाबाट झरिदिउँला भोकैतिमी देश सुख्खा खडेरी बनाऊ
बर्षात् बनी हामी परिदिउँला भोकै

यो देश तिम्रो ल तिम्रै भएछ
हामी समुन्द्र तरिदिउँला भोकै

निबृत्त भए नि सुबिधा नछाड्नु
विकास हामी गरिदिउँला भोकै

तिला लेकाली बेलबारी, मोरङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here