गजल १
बहर- मुतकारिब मुसम्मन सालिम
बहर- मुतकारिब मुसम्मन सालिम
बढेको छ आशा सजाएर बाचे,
छु खोली किनारा बगाएर बाचे।
लजायौ भुतुक्कै बनाएर घायल,
परेला नझिम्की जुधाएर बाचे।।जवानी गुमाए सिमा मा डटेर,
थिए वीर गोर्खे बचाएर बाचे।।।नसोधी तिमीले दुखाएर यो मन,
परेला नझिम्की जुधाएर बाचे।।जवानी गुमाए सिमा मा डटेर,
थिए वीर गोर्खे बचाएर बाचे।।।नसोधी तिमीले दुखाएर यो मन,
गयौ गाउँ छाडी भुलाएर बाचे।।।।
सहारा भनेरै गरेको लगानी,
छ छोरा छ लाछी हटाएर बाचे।।।।।
गजल २
गजल बुज्नुस या नबुज्नुस जानाजानी हुदैछ,
राज्य चुस्त किनबेच कालापानी हुदैछ।
बरु आफ्नै शरीरको चोट सहन सक्छु,
आँसु बग्दा आमाको आनाकानी हुदैछ।।
सरकार!जन्मभुमी कै स्वप्न छ युवामा,
किन स्वदेश फर्काउन मनोमानी हुदैछ।।।
दुई ठुला ढुङ्गा बिचको तरुल हुनाले,
दिनहुँ देशको भुमी खिचातानी हुदैछ।।।।
काचुली फिरेको छ कयौं दशक पछि,
लाग्दै छ अनौठो नयाँ बिहानी हुदैछ।।।।।
– सिद्धार्थ देवकोटा `जिन्दगी´ – चापाकोट,स्याङ्जा
















