विश्वकप लिग  टुकाे अन्तिम खेल नेपालले स्कटल्यान्डसँग खेल्ने

24

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग  टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्ने भएकाे छ।

नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।

स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ। तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ।

स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो। अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो।

स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो। लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २-२ खेल जितेर समान ४ अंक जोडेका छन्। नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ। अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ।

स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ। अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ।

लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन्। तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ।

स्कटल्याण्ड १० खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ। नेपाल ११ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ। लिग टु मा अहिलेसम्म नेपाल सबैभन्दा धेरै ८ खेलमा पराजित भएको छ। नेपालभन्दा पछि यूएई मात्र छ। यूएईले ९ खेलमा २ खेल जित्दै ४ अंक जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here