मिल्दै मिलेन हिसाब् किताब दु:खहरुको पनि
लाग्न थाल्यो औचित्य सकियो आँसुको पनि
बाध्यताको झुपडीमा प्रायजसो चुल्हो निभ्दा
गाँस बन्दोरैछ गरिबको कम्मरको पटुको पनि
महसुस पनि हतियार रहेछ मुटुमा प्रहार गर्छ
तीखो वचन उदाहरण हो आँसु खस्नुको पनि
दुधको अभिभारा मात्र हुन्न छोराछोरी हरुमा
पसिना त उत्तिकै चुहिएको हुन्छ बाबुको पनि
कतिखेर को मान्छे हुरी बनिदिन्छ जिन्दगीमा
वजन राख्नुस नहुनुस कपास झैं हलुको पनि
गलज १
जहाँ रहरहरु सुकाएको हुन्छु त्यहीँ खहरे पुग्छ
आधा मरेको मान्छेलाई काट्न पर्दैन कोतरे पुग्छ
मलाई खोज्न टाढा पुग्नु पर्दैन ए मनको मान्छे
आफ्नै छाती भित्रको सफर तय गरे पुग्छ
रुझाउँने छैनन् यी आँखाका परेला समयले
बस मस्तिष्कमा तिम्रो यादको झरी नपरे पुग्छ
मेरा भावनासंग खेल्नु तर जहाँको त्यहीँ राख्दिनु
अतितहरु एकीकृत छन् त्यहाँ,तिम्ले नछरे पुग्छ
अन्तिम सास जाने बेलासम्म आँखामा झल्कियौ
मेरो प्रेमको औकात त्यत्ती हो अब मैले मरे पुग्छ
गजल २
मिल्दै मिलेन हिसाब् किताब दु:खहरुको पनि
लाग्न थाल्यो औचित्य सकियो आँसुको पनि
बाध्यताको झुपडीमा प्रायजसो चुल्हो निभ्दा
गाँस बन्दोरैछ गरिबको कम्मरको पटुको पनि
महसुस पनि हतियार रहेछ मुटुमा प्रहार गर्छ
तीखो वचन उदाहरण हो आँसु खस्नुको पनि
दुधको अभिभारा मात्र हुन्न छोराछोरी हरुमा
पसिना त उत्तिकै चुहिएको हुन्छ बाबुको पनि
कतिखेर को मान्छे हुरी बनिदिन्छ जिन्दगीमा
वजन राख्नुस नहुनुस कपास झैं हलुको पनि ।