देशभर थप १५६ जनामा संक्रमण कोरोना संक्रमण

70

काठमाडौं – नेपालमा आज विहिवार मात्र थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आज देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।

यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो।

नेपालमा १ सय ८७ जना कोरोना संक्रमणबाट निको भइसकेका छन् । जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको निधन भएको छ भने १ सय ८३ जना निको भएर घर फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here