– भरत दाहाल
दल र सरकारमा तत्काल ओलीको विकल्प नखोजे कोही रहँदैनन् । ओली प्रवृति भनेको पश्चिमी मिशनमा दौडेको बेलगाम घोडा हो !
जसरी शेरबहादुरलाई बेलगाम रुपमा अघी बढाएर CIA ले एउटा प्रभावकारी शक्तिको हैसियतबाट कांग्रेसको समापन गर्यो, त्यसैगरी ओलीलाई छाडा रुपमा दौडाएर त्यसले अब सत्ताधारी दलको अन्तेष्ठि गर्दैछ। ठूलो अपराधमा कसैलाई प्रयोग गर्ने र प्रयोग भैसकेपछि वा प्रयोजन समाप्त भएपछि समाप्त पार्ने साम्राज्यवादको परिचित रणनीति हो। सद्दाम हुसेन, वीन लादेन र कर्नेल कद्दाफिहरुको कथा हाम्रै अगाडी छ।
एमाले र एमाओवादीको एकता वार्ता सुरु हुनासाथ मैले भनेको थिएँ कि अब नेपालका विरुद्धमा ठूलो अपराधमा प्रयोग गर्ने र त्यसपछि छिन्नभिन्न पारिने पश्चिमा सूचीमा एमाले पर्यो। किनभने त्यो कथित एकता ओलीका हातमा बहुमत जुटाएर नेपाल मास्ने रणनीतिमा गरिएको थियो। ‘होली वाईन सम्मेलन’ देखि MCC सम्मका घटनाहरुले त्यो एकदमैं विपरित प्रवृतिको एकताको अभिप्रायलाई स्पष्ट पारिसकेको छ।
मेरो यो विष्लेषण २ वटा तथ्यका आधारित थियो। कांग्रेस नेपालको अर्थतन्त्र समाप्त पार्न प्रयोग भैसकेको थियो भने एमाओवादी नेपालको सामाजिक सम्बन्धलाई खल्बल्याएर साम्प्रदायिकता र विखण्डनकारी मुद्दाहरु स्थापित गर्न प्रयोग भैसकेको थियो। यीनै २ वटा शक्तिको हातबात राजनीतिक, आर्थिक र सामाजिक परिवेश भत्काएपछि यीनीहरु कुख्यात भैसकेका थिए र यीनीहरुमा कुनै प्रकारको आकर्षण बाँकि रहेको थिएन।
कांग्रेस र एमाओवादी मार्फत् वातावरण बनाएर दरबार हत्याकाण्ड गराएपछि विदेशीहरुको आँखा एमालेमा परेको हो। किनभने यस्ता संगिन घटनाहरुमा त्यो प्रयोग भैसकेको थिएन। यसलाई प्रयोग गर्ने रणनीति अनुसार नै ओलीलाई ‘राष्ट्रवादी अडान’मा सिंगारियो र बहुमतको ग्यारेन्टीका लागि त्यसमा पुष्पकमललाई जोडियो। यतिमात्र होईन, त्यो कथित एकताको सेरोफेरोमा बाहिरबाट थुप्रै विदेशी जासुसहरुलाई एमालेमा हुलियो।
त्यो एकताको चुरो लक्ष MCC नै थियो। MCC पारित भएपछि अमेरीकी सेना विधिवत् रुपमा नेपाल पस्छ। यसपछि सुरु हुन्छ वीन लादेन र सद्दामको कथा। CIA ले यो पार्टी पनि समाप्त पार्छ र प्रयोजन समाप्त भैसकेका व्यक्तिहरु पनि समाप्त पार्छ। तिब्बतलाई निशाना बनाउन अमेरीकाकाे अवरोधका रुपमा आउने धेरै व्यक्ति र संरचनाहरु समाप्त पार्नु पर्ने हुन्छ। यो यथार्थता बुझेर तत्काल ओलीको विकल्प नखोजे कोही पनि बाँकि रहने छैनन्। ओली भनेको व्यक्ति होईन, एउटा खतरनाक मिशनको दाैडमा ‘ईण्डो-पश्चिमा साम्राज्यवाद’ ले प्रयाेग गरिरहेकाे आफ्नै पार्टीकाे बिराेधमा परिचालित पात्र हाे ।


















