गीतकार रत्नशमशेर थापाको निधन

142

काठमाडौं – गीतकार रत्नशमशेर थापाको निधन भएको छ । थापाको गत बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिएका छन् ।

बुधबार बेलुकी उपचारका लागि नर्भिक अस्पताल लगिएका उनको ८३ वर्षको उमेरमा निधन भएको हो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग–लम्क–चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here