२५ प्रतिशत मात्र दूध बिक्री

155

काठमाडौं – सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ ।

विश्व दूध दिवस १ जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु गरेको थियो । नेपालमा विगत नौ वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विश्व दूध दिवस मनाउँदै आएको छ ।

हाल विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को उपचारका लागि कुनै औषधि तथा खोप बन्न नसकेको सन्दर्भमा रोगसँग लड्ने तथा शारीरिक तन्दुरुस्त बनाई राख्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प रहेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताएका छन् । गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here