मलामी नपाएपछि साइकलमै राखेर आमालाई पुर्याएकाे पिडादायी भिडियो

324

एजेन्सी – संसार कति सम्म स्वार्थी र निष्ठुरी छ भन्ने कुरा यी सरोजलाई सोध्नु होस्। छिमेकिहरु मलामी बन्न तयार नहुँदा मृत आमालाई साइकलमा राखेर एक्लै अन्त्यष्टि गर्ने सरोजको कहानीले जो-कोहिलाई पनि भावुक बनाइदिन सक्छ।

१७ वर्षीय सरोज मृत आमाको शव साइकलमा राखेर अन्त्यष्टिको लागि एक्लै रवाना भैरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ। छिमेकिहरुले सहयोग गर्न इन्कार गरेसँगै सरोजले शव राखिएको साइकल ५ किलोमिटर खालीखुट्टा ठेले।५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर सरोजले एक्लै खाल्डो खने। त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए। यो भावुक घटना छिमेकि मुलुक भारतको रहेको छ। नयाँ पत्रिका दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here